नेपाल सरकारले मिती २०७३ फाल्गुण २७ गते गरेको स्थानीयतहहरुको घोषणामा साविकका नवराजपुर गा.वि.स., मझौरा गा.वि.स. तथा भगवतीपुर तामासुईया गा.वि.स. गरी जम्मा ३ (तीन) वटा गा.वि.स. हरु समेटेर नवराजपुर गाउँपालिकाको स्थापना भएको हो जसमा ५ वटा वडा संख्या कायम भएको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल ३२.१८ वर्ग.कि.मी रहेको छ र नेपालको जनगणना २०७८ अनुसार यस गाउँपालिकामा कुल २०७८८ जनसंख्या रहेको छ। यस गाउँपालिकाको मुख्य केन्द्र हुलाकी राजमार्ग सोनवर्षा चौकमा अवस्थित छ।यसको पुर्वमा भगवानपुर गाउँपालिका, पश्चिममा बरियारपट्टी, उत्तरमा सखुवानानकारकट्टी र लक्ष्मीपुर पतारी गाउँपालिका रहेका छन्। दक्षिणमा भारतको मधुबनि जिल्ला रहेको छ। नवराजपुर गाउँपालिका सिरहा जिल्लाको पुर्वी दक्षिण भागमा रहेको एउटा ऐतिहाँसिक गाउँपालिका हो।
यस गाउँपालिकामा खास गरी यादव, खत्वे मण्डल, तेलि (साह), सुडी, कलवार, तत्मा, अमात, थारु, हलुवाई, कोइरी, डोम, दुसाद, मलाह, मुसलमान, बड्ही, हजाम (ठाकुर), आदी जातजातीका मिश्रित बसोबास रहेको पाईन्छ । यस गाउँपालिकामा बसोबास गरी रहेको बासिन्दाहारुको मुख्य बोल चालको भाषा मैथली हो भने मुख्य पेशा कृषि हो। यस गाउँपालिकाको अधिकांश जग्गाहरुमा मौसम अनुसारको नगदे बाली धान, गहुँ, तोरी, आलु, उखुँ र दाल दल्हन लगायतका प्रमुख बालीहरु उब्जने गरेको पाईन्छ। यस गाउँपालिकाका बासिन्दाहरु गाई, भैंसी, बाख्रा लगायतका जनावरहरु यहाँको कृषि क्षेत्रमा लागेका किसानहरुको सबै घर घरमा राख्ने जनावरहरु हुन ।
१.२ अवस्थित
gj/fhk'/ ufpFkflnsf l;/xf lhNnfsf] k'jL{ blIf0f efudf /x]sf] Pp6f P]ltxfFl;s ufpFkflnsf xf] . मधेश प्रदेश अन्तर्गत सिरहा जिल्लामा अवस्थित यस गाउँपालिकाको k'j{df eujfgk'/ ufpFkflnsf, klZrddf al/of/k§L, pQ/df ;v'jfgfgsf/s§L / nIdLk'/ ktf/L ufpFkflnsf /x]sf 5 . blIf0fdf ef/tsf] dw'jgL lhNnf /x]sf 5 .
श्रोत - ; स्थानीय तहहरुको जि.आई.एस नक्सा तथा अन्य विवरण
१.३ क्षेत्रफल
नवराजपुर गाउँपालिकाको क्षेत्रफल ३२.१८ व.कि.मी रहेको छ। यस गाउँपालिका मा ५ वटा वडा रहेका छन जसका क्षेत्रफल निम्न अनुसार छन।
|
क्र. स. |
वडा न. |
समावेश गाविस |
क्षेत्रफल |
जनसंख्या |
|
१ |
१ |
भगवतीपुर टा.सु.(१-९) |
१०.३६ |
५,२२१ |
|
२ |
२ |
मझौरा(६-९) |
२.१५ |
१,९६७ |
|
३ |
३ |
मझौरा(१-५) |
५.२२ |
३,९७५ |
|
४ |
४ |
नवराजपुर(१-४) |
६.९४ |
४,४७० |
|
५ |
५ |
नवराजपुर(५-९) |
७.५२ |
५,१५५ |
|
|
जम्मा |
|
३२.१८ |
२०,७८८ |
श्रोत - ; स्थानीय तहहरुको जि.आई.एस नक्सा तथा अन्य विवरणहरु
१.४ वडा विभाजन
|
क्र. स. |
वडा न. |
समावेश भएका साविकका गाविसहरु |
साविकका वडा नं |
हालको वडा केन्द्र |
|
१ |
१ |
भगवतीपुर टा.सु. |
१,२,३,४,५,६,७,८,९ |
भगवतीपुर |
|
२ |
२ |
मझौरा |
६,७,८,९ |
मझौरा |
|
३ |
३ |
मझौरा |
१,२,३,४,५ |
जगतपुर |
|
४ |
४ |
नवराजपुर |
१,२,३,४ |
नवराजपुर |
|
५ |
५ |
नवराजपुर |
५,६,७,८,९ |
कुर्सनडी |
श्रोत - ; गाउँपालिका स्थानीय तहको सिमा निर्धारण आयोगको प्रतिवेदन र नेपाल राजपत्र
१.५ नवराजपुर गाउँपालिकाको जम्मा घरधुरी तथा जम्मा जनसख्याको विवरण
|
जम्मा घरधुरी |
जम्मा जनसंख्या |
पुरुष |
महिला |
|
४२२६ |
२०७८८ |
१०१८९ |
१०५९९ |