FAQs Complain Problems

सामाचार

श्री जनता आ.वि. भगवतिपुर ता.सु-१

विद्यालयको तस्विर

1 / 12

2 / 12

3 / 12

4 / 12

5 / 12

6 / 12

7/ 12

8/ 12

9/ 12

10 / 12

11 / 12

12 / 12

 

श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया
श्री जनता आधारभुत विद्यालय तमसुइया

श्री जनता आधारभूत विद्यालय तामासुइया

विद्यालय परिचय

शिक्षक कर्मचारीको विवरण

तस्विरहरु

१. विद्यालयको संक्षिप्त परिचय
    १.१ ऐतिहासिक पृष्ठभूमी
                                     यस श्री जनता आधारभूत विद्यालय तामासुईया जनकपुर राजविराज जोड्ने हुलाकी सडक खण्डमा पर्ने सिरहा जिल्लाको सोनवर्षा चौक देखि ४ कि.मि. उत्तर पूर्व नवराजपुर गाउँपालिका अन्तर्गत पर्ने वडा नं. १ को तामासुइया गाउँको पूर्व वडा कार्यालय भवनको पूर्वपट्टीमा समुन्द्री सतह बाट ८६ मिटर देखि ९४ मिटरको उचाईमा २६,६२३९४ अक्षांस र ८६,४५६३२ देशान्तरमा यो विद्यालय अवस्थित रहेको छ । यस विद्यालयको स्थापना यहाँका स्थानीय बुद्धिजीवि अभिभावक, शिक्षक, विद्यार्थी, भद्रभलादमी तथा सम्पूर्ण शिक्षाप्रेमी जनसमुदायको सहयोमा गा.पा. नवराजपुर वडा नं. १ मा वि.सं. २०४५ सालमा भएको हो । त्यतिबेला विद्यालयको आफनो भवन थिएन । त्यसबेला लटु यादवको घर दलानमा विद्यालय संचालन गरिएको थियो भने केही दिन सियाराम यादवको घर दलानमा केही दिन बसन्त बहादुर खत्रीको घर दलानमा उहाँहरुको सहयोगमा संचालन भएको थियो । यसरी भवन अभावको समस्या झेल्दै आएको यस विद्यालयमा वि.सं. २०४७ सालमा वार्ड नं. ५ तामासुइयाका स्थानीय अभिभावकको सहयोगमा ०-२-० कठा ऐलानी जग्गामा फुसको भवन ठड्याइ कक्षा सञ्चालन गरिएको थियो । त्यस पछि वि.सं. २०४८ सालमा भूकम्प पीडित तथा पुनः उद्धार कार्यक्रम अन्तर्गत एक ब्लक दुई कोठे भवन बन्यो । त्यसै गरी वि.सं. २०५० सालमा एक ब्लक तत्कालीन जिल्ला शिक्षा कार्यालय सिरहाको माध्यमबाट जपानी जायका परियोजनाबाट निर्माण भएको थियो । यसरी भवन निर्माण भए संगै यस विद्यालयमा क्रममिक रुपमा बालकक्षा देखि कक्षा १,२,३,४ र ५ सम्म कक्षा थप्दै प्राथमिक तह सम्म पठनपाठन सञ्चालन गरियो । यसरी विद्यालय सञ्चालन गर्ने कममा यस विद्यालयको नाम यस श्री जनता आधारभूत विद्यालय तामासुईया जनकपुर राजविराज जोड्ने हुलाकी सडक खण्डमा पर्ने सिरहा जिल्लाको सोनवर्षा चौक देखि ४ कि.मि. उत्तर पूर्व नबराजपुर गाउँपालिका अन्तर्गत पर्ने वडा नं. १ को तामासुइया-६ रहन गएको हो ।
यस प्रकार यस विद्यालयले आफना स्थापनाकाल देखि हाल सम्म सेवाक्षेत्र भित्रका बालवालिकाहरु लाई निरन्तररुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

१.२ भौगोलिक अवस्था :-
                               यस श्री जनता आधारभूत विद्यालय तामासुईया जनकपुर राजविराज जोड्ने हुलाकी सडक खण्डमा पर्ने सिरहा जिल्लाको सोनवर्षा चौक देखि ४ कि.मि. उत्तर पूर्व नबराजपुर गाउँपालिका अन्तर्गत पर्ने वडा नं. १ को तामासुइया भने गाउँटोलमा अबस्थित छन । नवराजपुर गा.पा. -१ को भौगोलिक अवस्थालाई नियालेर हेर्ने हो भन्ने सिरहा जिल्लाको १७ वाट स्थानीय तहहरु मध्ये जिल्लाको सुदुर पुर्व-दक्षिण कुनामा भारतको बिहार राज्यको मधुबनी जिल्लासंग जोडिएर रहेको सिमान्तकृत सीमावर्ती पर्ने अतिकम विकसित नवराजपुर गाउँपालिकाको वार्ड नं.-१ तामासुइया गाउँको पूर्व वडा कार्यालयको अगाडी पूर्व पट्टि अबस्थित यस विद्यालयको पूर्वमा पूर्वमा नयाँ बाँध नदी पर्छ र पश्चिममा कल्याण दह नदी पर्छ उत्तरमा सखुवानन्कारकटी वडा नं २ सोठिआईन पर्छ । विद्यालय सेवाक्षेत्रभित्रको बाटो कच्ची र ग्राभेल छ । विद्यालयको हाताको पश्चिमपट्टी गा.वि.स. भवन र सो भवन उप-स्वास्थ्य चौकी संचालित छ । विद्यालयको वरिपरि हराभरा आपको सुन्दर बगैंचा छ । यस विद्यालयको तथा समुदायको वातावरण अत्यन्त शान्त सौहार्दपूर्ण रहेको छ । यस विद्यालयको चारैतिरको भु-भाग समथर खेतीयोग्य रहेको छ । खास गरि यस ठाउँको माटो दुमट प्रकारको भए तापनि कृषि उपजको दृष्टिकोणले यहाँका भूभाग एकदमै खेतीयोग्य मलिलो उर्बर रहेकाले कृषिजन्य उत्पादन प्रशस्त मात्रामा हुने हुँदा यहाँका ८० प्रतिशत भन्दा बढी जनसंख्या कृषिक्षेत्र बाट आफ्नो जिवन जिविका चलाउँदै आएका छन । यहाँको हावापानी ३ महिना अति जाडो, ३ महिना अति गर्मी तथा बाँकी ६ महिना समशितोष्ण रहने गरेकाले बसोवासको दृष्टिकोणले यो भेग एकदमै अनुकूल र रमनीय रहेका छन । यस विद्यालयको वरपरका हावापानी एवं बाताबरण एकदमै हराभरा सुन्दर र रमणीय रहेको छ ।

 

१.३ विद्यालय रहेको समुदायको बनोट :-
                                               यस श्री जनता आधारभूत विद्यालय तामासुईयाको सेवाक्षेत्र अन्तर्गत मुख्यतया विभिन्न जातजातिहरु जस्तै यादव, तेली, बडही, हजाम, मुस्लमान, राजपुत, मलाह, कोइरी, (महतो), हलुवाई, डोम, धोवी आदि गरी कूल ३३० घरधुरी रहेका छन् । जसमा अधिकतम न्यून आर्थिक आय भएका व्यक्तिहरुको बासोबास रहेका छन् । यि समुदायमा सबै जातजाति एउटै भाषा मैथिली बोल्ने गरेका छन् । यहाँका बालबालिका पनि जन्मजात मैथिली भाषामा नै बोल्ने र बुझ्ने गर्दछन । यो समुदायमा बसोवास गर्ने मानिसमा अधिकतम खेतीपाती गर्ने र अधिकाँश मात्रामा वैदेशिक रोजगारमा आश्रित भएर जिविकोपार्जन गर्ने गरेका छन् । यहाँका समुदाय खेतीपाती पेशामा आश्रित रहेकाले आर्थिक अवस्था पनि सामान्य स्तरकै रहेका छन । यहाँका किसानहरु कृषि उत्पादन बजारमा लगेर बिकी बितरण गरी आयआर्जन गर्ने गर्दछन । त्यसमा विशेष गरी यो गा.पा. भित्रमा लाग्ने हाट बजारमा आफना कृषिजन्य उत्पादनहरु लगेर बेच्ने गरेकाले कृषि उत्पादन विक्री गर्न त्यति अप्ठयारो पर्दैन् र जिविकोपार्जन गर्न केहि सहज भएको देखिन्छ । यस समुदायको शैक्षिक अवस्थालाई हेर्दा शैक्षिक स्तर हेर्दा त्यत्ति सन्तोषजनक देखिदैन किनभने यहाँका मानिसहरु बढी मात्रामा गरिबीको रेखाको मुनि नै गुणस्तरहीन जिवन बाँचिरहेका छन । यस समुदायमा ज्याला मजदुरी गरी अ-आफना जिवनजिविका चलाउने मानिसको संख्या बढी नै रहेका छन् । अरुको खेतमा ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने भएकोले पठनपाठन प्रति त्यति उत्सुक भएको देखिदैन तैपनि अव बिस्तरै समुदायमा शिक्षा प्रति आएको सकारात्मक सोचले सबैले अ-आफनो बालबालिकाहरुलाई शिक्षा दिने प्रति सचेत बन्न थालेका छन । पहिलेको तुलनामा आज भोली सबैले अ-आफना बाबु नानीहरुलाई विद्यालयमा भर्ना गराई शिक्षादिक्षा दिन सचेत रहन थालेका छन ।
धार्मिक आस्थाको दृष्टिकोणले यस क्षेत्रमा हिन्दु समुदायको अलावा मुस्लिम समुदायको पनि बाक्लो जनघनत्व रहेका छन । एक समुदायले अर्को समुदायको प्रति राख्ने गरेको श्रद्धाभाव आपसी भाईचाराको भावनात्मक सामाजिक वाताबरणले यहाँ धार्मिक, सामाजिक सहिष्णुताको बलियो उदाहरण दिएको सहजै झल्किन्छ । यहाँका बासिन्दाहरु भाषिक रुपमा धेरै भाषाहरुको नै मुख्य बोलचालको जानकार भए तापनि मुख्यतया मातृभाषाको रुपमा रहेको मैथिली भाषा रुपमा प्रयोग गर्दै आईरहेका छन् । यहाँका बासिन्दाहरु वढी भन्दा बढी गरिवीकै रेखामुनि रहेर न्यून गुणस्तरहीन जिवन बाँचिरहेका छन् । यस क्षेत्रमा उद्योग कलकारखाना लगायत अन्य रोजगारमूलक स्रोतहरु नहुँदा अधिकांस जनता बेरोजगार छन भने यहाँका अधिकाँस युवाहरु रोजगारको खोजीमा छिमेकी मुलुक भारत लगायत खाँडी मुलुकहरु साउँदी, अरव, कतार, मलेसिया, कुवेतमा श्रम गरिरहेका छन । यहाँका कूल जनसंख्या मध्ये थोरै जनसंख्या मात्र मध्यम वर्गीय जनसमुदाय रहेका छन् । यहाँका अधिकांश मानिसहरु कृषिजन्य क्षेत्रमा आश्रित रहेका छन । यहाँका मानिसहरुको जिवनशैली एकदमै सामान्य, गुणस्तरहीन रहेको पाइन्छ ।
यहाँका समुदायिक बनोट विभिन्न जातजाति तथा धर्म र सांस्कृति मिलेर बनेको छ । यस समुदायमा अधिकतम न्यून आर्थिकस्तर भएका व्यक्तिहरुको वासोवास रहेका छन् । यो समुदायमा सबै जातजाति एउटै भाषा मैथिली बोल्ने गरेका छन्, जस अनुसार यहाँका बालबालिका पनि सानै देखि मैथिली भाषामा नै प्रयोग गर्ने गर्छन ।

 

२. विद्यालयको अवस्था विश्लेषण :-
२.१. यस श्री जनता आधारभूत विद्यालय तामासुइयाको मौजूदा अवस्थालाई तपसिल अनुसारको नौ (९) ओटा क्षेत्रमा (तालिकामा तथ्याङ्गगत रुपमा उल्लेख गरि विश्लेषण गरिएको छ ।
२.१.१. यस विद्यालयको चालु शैक्षिक सत्र २०८१ को वाल विकास कक्षा देखि कक्षा ५ सम्मको अध्ययनरत वालवालिकाहरुको कक्षागत विवरण तलका तालिकामा उल्लेख गरिएको छ ।

विश्लेषण :
              यस विद्यालयमा चालु शैक्षिक सत्र २०८१ मा सवै भन्दा कम विद्यार्थी कक्षा ५ मा ६ जना रहेका छन भने सवै भन्दा बढी विद्यार्थी कक्षा २ मा ३३ जना रहेका छन् । कुल विद्यार्थी संख्या ८५ मा ५५ जना ६४.७० % प्रतिशत छात्रा रहेका छन् भने ३० जना ६५.२९% प्रतिशत छात्र अध्ययनरत रहेका छन । यस विद्यालयमा छात्राको संख्या बढी हुनु र त्यसको अनुपातमा छात्रको संख्या कम हुनको मुख्य कारण छोरालाई संस्थागत नीजि विधालयमा अध्ययन गराउने र छोरीलाई सामुदायिक विद्यालयमा पढ्न पठाउने, घरकै कामकाजमा लगाउने परिपाटी छोरा छोरी विचमा हुने गरेको लैंगिक विभेद पनि एक कारण हुन । अहिले पनि समाजमा विभिन्न किसिमका भेदभाव रुढीवादी सोच हावी नै रहेपनि समय संगै यसमा हुँदै गएको कमिक सुधारले सामाजिक रुपान्तरण तर्फ समाज उन्मुख हुँदै गएको महशुस गर्न सकिन्छ ।
छोरीलाई जे जस्तो शिक्षादीक्षा दिएपनि बिबाह पछि अर्काको घर जाने नै भएकोले किन लगानी गर्नु साथै विवाह गर्दा दहेजको रुपमा केटा पक्षलाई मोटो रकम तिर्नुपर्ने बाध्यात्मक कुरीति आज पनि कायमै रहेकाले अभिभावकहरु छोरीको पढाई लेखाई तर्फ लगानी गर्न नचाहेको भएतापनि यस आंकडाले विस्तारै समाज परिवर्तनको दिशामा उन्मूख हुन थालेको साकारात्मक संदेश दिएको छ ।

 

नाम

पद

अध्यापन गर्ने विषय

योग्यता

फोटो

रामसेवक सदाय

प्र.अ.  सबै    आइ.एडd  

रामबाबु यादव

स्थायी शिक्षक  सबै   एस.एल.सि  

जितेन्द्र यादव

स्थायी शिक्षक  सबै   बि.एड  

उम्दा कुमारी यादव

बालबिकास शिक्षिका  अंग्रेजी    Med.  

उचितलाल यादव

का.स       

              

श्री जनता आ.वि. भगवतिपुर ता.सु-१

विद्यालय प्र.अ र सूचना अधिकारीको विवरण

प्रधानाध्यापक

  • रामसेवक सदाय
  • ९८२५७७१३५४

 

सुचना अधिकारी

  • रामबाबू यादव
  • ९८२६७७७९९६