FAQs Complain Problems

सामाचार

श्री अ.फे.आ.वि. करमनिया-१

 

विद्यालयको तस्विर

1 / 12

2 / 12

3 / 12

4 / 12

5 / 12

6 / 12

7 / 12

8 / 12

9 / 12

10 / 12

11 / 12

12 / 12

 

श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१
श्री अ.फे.आ.वि. करमनिया-१

   


श्री अवधिफेकनी प्रा.वि भगवतीपुर ता.सु. १

विद्यालय परिचय

शिक्षक कर्मचारीको विवरण

तस्विरहरु

१. विद्यालयको संक्षिप्त परिचय:

                                 यस श्री अवधी फेकनी आधारभूत विद्यालय करमनिया नवराजपुर गा.पा.–१ सिरहा जिल्लाकै प्रमुख ब्यपारिक नगरी लहान तथा पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत अस्पताल चौक देखि ५ कि.मि. दक्षिण तर्फ लहान ठाडी मार्ग अन्तर्गत पर्ने बथनाहा चौक देखि ३ कि.मि. दक्षिण पश्चिम दिशामा बथनाहा झाझपटी सडक खण्ड अन्तर्गत पर्ने साविक गा.वि.स. भगवतीपुर ता.सु. वडा नं. ८ करमनिया परिबर्तित नबराजपुर गा.पा.–१ अन्तर्गत करमनिया गाउँ स्थित समुन्द्री सतह बाट ८६ मिटर देखि ९४ मिटरको उचाईमा ८६,ं६३८३३१ अक्षांस र ८६ं,४५७८४८ देशान्तरमा अबस्थित रहेको छ । सेवा सुविधाको हिसावले एकदमै पछाडी रहेको यस क्षेत्रका गरिव, किसान, दलित, विपन्न वर्ग समुदायको बाहुल्य रहेको यस करमनिया गाउँमा यस विद्यालयको स्थापना वि.स. २०६६ सालमा भएको हो । 
     यसै क्रममा वि.स. २०६९ माघ १३ गतेमा जि.शि.का सिरहाबाट एक स्थायी दरबन्दी सहित श्री महेन्द्र प्रसाद साहलाई प्र.अ.पदमा तोकेर पठाइयो ।
     यस विद्यालयको स्थापना यसै गाउँटोलका बुद्धिजिवी शिक्षा प्रेमीहरुको सामूहिक प्रयास र सहयोगमा भवनको निमार्ण गरी जिल्ला शिक्षा कार्यालय सिरहाबाट कक्षा संचालनका लागि अनुमति माँग गरिएको आधारमा सोही साल श्री सारदा प्रा.वि.करमनियाको नाममा तत्कालिन जि.शि.का. सिरहा बाट सञ्चालन अनुमती प्राप्त गरि बिधिबतरुपमा बिद्यालय सञ्चालनमा ल्याइएको हो ।

 १.१ ऐतिहासिक पृष्ठभूमी ः–
यस विद्यालयको पठनपाठन संचालन गर्न स्वंयम सेवक शिक्षकको रुपमा श्री संन्तोष कुमार ठाकुर लाई नियुक्ति गरी वि.सं.२०७० सालमा गा.वि.स. भगवतीपुर तामासुईया वार्ड नं.–८ का जग्गा दाता श्री सत्य नारायाण यादव, श्री हरि नारायण यादव र श्री सुर्य नारायण यादव ज्यूले विद्यालयको भवन निमार्ण तथा स्थापना गर्नको लागि ०–४–० कठ्ठा जग्गा विद्यालयलाई निशुल्क रुपमा दान गरी विद्यालयको नाउँमा नामसारी गरि गराई यस विद्यालयको नाम जिल्ला शिक्षा समितिको निर्णय अनुसार दाताको बुवा अबधि यादव र आमा फेकनी देवी यादवको संयुक्त नाउँमा श्री अवधी फेकनी प्राथमिक विद्यालय करमनिया नामाकरण गरिएको हो ।
     यस विद्यालयले वि.सं.२०७५ सालमा कक्षा–५ सञ्चालनको अनुमति प्राप्त गरेको थियो भने त्यस बेला देखि हाल सम्म यस विद्यालयमा बालकक्षा देखि कक्षा–५ सम्म निरन्तररुपमा पठनपाठन हँुदै आइरहेको छ ।

१.२ भौगोलिक अवस्था ः–
     यस श्री अवधी फेकनी प्राथमिक विद्यालय करमनियाको भौगोलिक अवस्था लाई नियालेर हेर्ने हो भन्ने सिरहा जिल्लाको १७ वाट स्थानीय तहहरु मध्ये जिल्लाको सुदुर पुर्व–दक्षिण कुनामा पर्ने अतिकम बिकसित दक्षिणी सिमा भारतको बिहार राज्यको मधुबनी जिल्लासंग जोडिएर रहेको सिमान्तकृत सीमावर्ती नवराजपुर गाउँपालिकाको वार्ड नं.–१ मा अबस्थित यस विद्यालयको पुर्ब दिशामा खरिहानी र पैण्डुवी गाउँ, पश्चिममा मक्रमपुर गाउँटोल र दक्षिणमा सोठियाइन गाउँ र उत्तरमा सखुवानन्कारकट्टी गा.पा. अन्तर्गत रहेको सरहन्चिया गाउँटोल रहेका छन । यस विद्यालयको चारैतिरको भु–भाग समथर खेतीयोग्य रहेको छ । खास गरि यस ठाउँको माटो दुमट प्रकारको भए तापनि कृषि उपजको दृष्टिकोणले यहाँका भूभाग एकदमै खेतीयोग्य मलिलो रहेकोले कृषिजन्य उत्पादन प्रशस्त मात्रामा हुने भएकाले यहाका ९० प्रतिशत भन्दा बढी जनसंख्या कृषि उत्पादनबाट जिवनजिविका चलाउदै आएका छन । यहाँको हावापानी ३ महिना अति जाडो, ३ महिना अति गर्मी तथा बाँकी ६ महिना समशीतोष्ण रह्ने गरेकाले बसोवासको दृष्टिकोणले यो भेग एकदमै  अनुकूल र रमनीय छन । यस विद्यालयको वरपरका हावापानी बाताबरण हराभरा एकदमै सुन्दर एवम रमणीय रहेको छ । 

 

१.३ विद्यालय रहेको समुदायको बनोट ः– 
    यस श्री अबधि फेकनी आधारभूत विद्यालय करमनियाको सेवाक्षेत्र अन्तर्गत मुख्यतया ढेकहा, करमनिया, मक्रमपुर र सोठियाइन गाउँटोलहरु रहेका छन् । यस विद्यालयको सेवाक्षेत्र भित्र २१८ घरधुरी गरि कूल १६८० जनसंख्या रहेकोमा यहाँका बासिन्दाहरुमा यादब, तेली साह, बरही, कामैत, खत्वे, मण्डल, धानुक मण्डल, मुसलमान, हजाम ठाकुर, बरही ठाकुर, मलाह(सहनी) सुडी गुप्ता, (साह) तेली लगायत आदि जातजातिका मानिसहरुको बसोबास रहेका छन् धार्मिक आस्थाको दृष्टिकोणले यस क्षेत्रमा बहुसंख्यक हिन्दु समाजको नै बसोबास रहेका छन भने आंशिक रुपमा मुस्लिम धर्म मान्नेहरु मुसलमानहरुको पनि बसोबास रहेका छन् । एक समुदायले अर्काे समुदायको प्रति राख्ने गरेको श्रद्धाभाव आपसी भाईचाराको भावना र सहयोगले यहाँ धार्मिक, सामाजिक सहिष्णुताको बलियो उदाहरण झल्किन्छ । यहाँका बासिन्दा भाषिकरुपमा धेरै भाषाहरुको जानकार भए तापनि मुख्यतया मातृभाषाको रुपमा रहेको मैथिली भाषा नै मुख्य बोलचालको रुपमा प्रयोग गर्दै आईरहेका छन् । यहाँका बासिन्दाहरु वढी भन्दा बढी गरिवीकै रेखामुनि बाँचिरहेका छन् । यस क्षेत्रमा उद्योग कलकारखाना लगायत अन्य रोजगारका स्रोतहरु नहुँदा अधिकांस जनता बेरोजगार छन भने अधिकांस युवाहरु खाँडी मुलुकहरु साउदी, अरव कतार, मलेसिया कुवेत लगायत छिमेकी मुलुक भारतमा श्रम गरि जेनतेन आफ्ना आधारभूत आबश्यक्ता पुरा गर्न र आफना आयस्तर उकास्न संघर्शशील रहेको पाईन्छ । यहाँका कूल जनसंख्या मध्ये थोरै संख्यामा मात्र मध्यम वर्र्गीय जनसमुदाय रहेका छन् । यहाँका अधिकांश मानिसहरु कृषिजन्य क्षेत्रमा आश्रित रहेका छन । यहाँका मानिसहरुको जिवनशैली एकदमै सामान्य न्यून गुणस्तर रहेको पाइन्छ ।

 

 ३. विद्यालयको अवस्था विश्लेषण ः–
 ३.१. यस श्री अवधी फेकनी आधारभूत विद्यालय नवराजपुर गा.पा.–१ करमनियाको मौजुदा अवस्थालाई  तपसिल अनुसारको नौ (९) ओटा क्षेत्रमा (तालिकामा) तथ्याङ्कगत रुपमा उल्लेख गरि विश्लेषण गरिएको छ । 
३.१.१. यस विद्यालयको चालु शैक्षिक सत्र २०८० को वाल विकास कक्षा देखि कक्षा–५ सम्मको 
      अध्ययनरत वालबालिकाहरुको कक्षागत विवरण तलका तालिकामा उल्लेख गरिएको छ । 

 


 

     

              

विद्यालय प्र.अ र सूचना अधिकारीको विवरण

प्रधानाध्यापक

  • महेन्द्र प्रसाद साह
  • ९८०७७८२२००

 

सुचना अधिकारी

हामि सम्म आउने नक्सा