FAQs Complain Problems

श्री हजारी माता आ.वि.नवराजपुर

विद्यालयको तस्विर

1 / 8

2 / 8

3/ 8

4/ 8

5/ 8

6/ 8

7/ 8

8/ 8

 

श्री हजारी माता आ.वि.नवराजपुर
श्री हजारी माता आ.वि.नवराजपुर
श्री हजारी माता आ.वि.नवराजपुर
श्री हजारी माता आ.वि.नवराजपुर
श्री हजारी माता आ.वि.नवराजपुर
श्री हजारी माता आ.वि.नवराजपुर
श्री हजारी माता आ.वि.नवराजपुर
श्री हजारी माता आ.वि.नवराजपुर

   


विद्यालय परिचय

शिक्षक कर्मचारीको विवरण

तस्विरहरु

 ऐतिहासिक पृष्ठभूमिः

                                 देशको समाजिक, आर्थिक, तथा राजनैतिक सुधारको लागि शिक्षा अपरिहार्य छ। शिक्षा विना परिवर्तन ल्याउन नसकिने भएकोले यहाँका केही समाजसेवी तथा राजनैतिक कर्मिहरुले गाउँमा बिद्यालयको स्थापना गरी जनचेतना अभिवृद्धि गर्नुपर्ने अभिप्रायले वि.स. २०५५ सालमा नवराजपुर गाउँमा श्री तारणी प्रसाद यादव ज्यूको अगुवाईमा गाउँ नवराजपुर वडा नं. ४ मा बस्ने शिक्षक श्री रामऔतार यादव नवराजपुर वडा नं. ४ मा विद्यार्थीहरुलाई अध्यापन गर्न शुरु गरे नवराजपुर गाउँमा एक प्रशिद्ध श्री हजारी माता आधारभूत विद्यालय नवराजपुर ४ रहन गयो। वि.स. २०५५ साल देखि वि.स. २०५८ साल सम्म पठन पाठन राम्रो तवरले संचालन भयो । तर विद्यालयको कुनै आय व्यय नभएकोले वि.स. २०५९ साल देखि विद्यालयको पठन पाठन अस्त व्यस्त भयो वि.स. २०६० सालमा यसै श्रोत केन्द्रको श्रोत व्यक्ति श्री राजेन्द्र प्रसाद यादवले जिल्ला शिक्षा कार्यालयवाट खोज अनुशन्धान गरी विद्यालयलाई पता लगाइ वि.स. २०६० सालमा जिल्ला शिक्षा कार्यालयवाट अनुदान रकम रू ५३३००्/- पाए वापत त्यसै रकमवाट विद्यालय फेरी संचालन गर्न पायो। त्यस अनुदान रकम वाट विद्यालय संचालन गर्न जिम्मेवारी गाउँ नरहनियाका श्री राजलाल यादवलाई प्र.अ.को कार्यभार दिई संचालन गरियो।

    वि.स. २०६६-०३-२७ गतेमा कक्षा ३ सम्म संचालन गर्ने अनुमति प्राप्त भयो वि.स. २०६७ सालमा गाउँ नवराजपुर वडा नं. ४ मा वस्ने शिक्षा प्रेमी तथा समाजसेवी सिताराम यादवले निजि जग्गा वाटल ११ धुर जग्गा विद्यालयको नाममा निशुल्क दान गरिदिनु भयो। वि.स. २०६८-०८-१० गतेमा कक्षा ४ संचालन गर्न अनुमति प्राप्त भयो वि.स. २०६९ साल ३ महिना २ गतेमा कक्षा ५ संचालन गर्न अनुमति प्राप्त भयो अतः हाल सम्म कक्षा ५ सम्म पठन पाठन राम्रो तरिकाले संचालनमा रहेको छ। वि.स. २०६९ सालमा कक्षा १ र २ वालमैत्रि ढंगबाट पठन पाठन शुरु भयो कक्षा ५ सम्म संचालनको लागी तत्कालिन यादव प्र.अ. श्री राजलाल यादवको भुमिका अत्यन्तै प्रशंसनिय छ। यस प्रकार श्री हजारी माता आधारभुत विद्यालय नवराजपुर १ कक्षा देखी कक्षा ५ सम्म संचालन रहेको छ र यसले आफ्नो सेवा क्षेत्र भित्रका वालवालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्नुका साथै गुणस्तरीय शिक्षा उपलव्ध गराउनमा समेत जोड दिएको छ।

     भौगोलिक अवस्थाः

                                यस विद्यालयमा अध्यापनरत छात्र-छात्राहरु मध्ये अधिकाशं छात्रछात्राहरु नहरनियाँ, नवराजपुर, झाँझपट्टी टोलहरुबाट आउँछन् । यहाँ विभिन्न जातजाति, धर्म, संस्कृति र समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । तर खास गरेर यहाँ हिन्दु धर्म मान्ने मानिसहरु बढी संख्यामा छन्। यादव, मुसलमान, ठाकुर, दनुवार, तेली, सुडी, हजाम, मण्डल, पासवान, हलुवाई, आदि जात जातिले स-संगठित समाजमा छन्। 

 

   विद्यालयको अवस्था विश्लेषणः 

                    कक्षागत विद्यार्थी प्रोफइल  २०८० सालको -

     

नाम

पद

श्रेणी

शैक्षिक योग्यता

फोन नं

राजलाल यादव

प्र.अ.  प्रा.शि द्धितीय    I.Ed ९८१४७१४४३६

रंजना कुमारी यादव

स्वंयम सेवक शिक्षिका       

मनोज कुमार यादव

स्वंयम सेवक शिक्षिका       

भोगी मुखिया

का.स  नवराजपुर - ५    साक्षर  

              

विद्यालय प्र.अ र सूचना अधिकारीको विवरण

प्रधानाध्यापक

  • राजलाल यादव
  • ९८१४७१४४३६

 

सुचना अधिकारी

हामि सम्म आउने नक्सा